काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट कुल १३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।