Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सांग्रिला डेभलपमेण्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो

सांग्रिला डेभलपमेण्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो

दैनिकी न्यूज

२०, आश्विन २०७८
सांग्रिला डेभलपमेण्ट बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो
images

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आव २०७७–०७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - १२:२४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology