काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ४५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ३०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।
लगातार ३ दिनदेखि चाँदीको भाउ भने स्थिर रहेको थियो। आज पनि चाँदी तोलाको १ हजार १६० रुपैयाँमै कारोबार भइरहेको छ।