Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि मध्य भोटेकोशी जलविद्युतको आईपीओ विक्री खुला

आजदेखि मध्य भोटेकोशी जलविद्युतको आईपीओ विक्री खुला

दैनिकी न्यूज

२०, आश्विन २०७८
आजदेखि मध्य भोटेकोशी जलविद्युतको आईपीओ विक्री खुला
images

काठमाडौं । आजदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ ।

जलविद्युत कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको शेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक ३ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा विक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगाबाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गररहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। 

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - ०७:३८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology