Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो

शुक्रबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१५, आश्विन २०७८
शुक्रबार सुनको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ८८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रहेको छ भने तेजावी सुनको भाउ ८९ हजार १५० रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ ११ सय २० मा कारोबार भएकोमा आज बढेर प्रतितोला ११ सय ४० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ११:२३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology