Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोहोरो अंकले घट्यो नेप्से,नेपाल बैंकमा लगानीकर्ता झुम्मिए

दोहोरो अंकले घट्यो नेप्से,नेपाल बैंकमा लगानीकर्ता झुम्मिए

दैनिकी न्यूज

१४, आश्विन २०७८
दोहोरो अंकले घट्यो नेप्से,नेपाल बैंकमा लगानीकर्ता झुम्मिए
images

काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । नेप्से सूचक ३२.५१ अंकले घटेर २६ सय ३३.४२ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेर ४९७.०५ को विन्दुमा आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुुँदा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो भएको छ । यो दिन व्यापार समूह सर्वाधिक ३.९२ प्रतिशतले बढ्यो । त्यस्तै अन्य समूह ०.२७ प्रतिशत, म्युचुअल फन्ड समूह ०.१९ प्रतिशत वृद्धि भएको छ ।

उता विकास बैंक समूह ३.१८ प्रतिशतले घटेको छ । वित्त समूह २.९८ प्रतिशत, बैंकिङ समूह १.०९ प्रतिशत, होटेल तथा पर्यटन समूह १.४१ प्रतिशत, जलविद्युत समूह २.८४ प्रतिशत, निर्जीवन बीमा समूह ०.९ प्रतिशत, म्युचुअल फन्ड समूह १.६१ प्रतिशत, लघुवित्त समूह ०.७६ प्रतिशत, जीवन बीमा समूह ०.६९ प्रतिशत र लगानी समूह १.२४ प्रतिशतको गिरावट आएको छ।

यो दिन नेपाल बैंकको सर्वाधिक १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १० करोड ८३ लाख रुपैयाँ, मेगा बैंकको १० करोड ९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको संस्थापक सेयरको ९ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंकको ८ करोड ७१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ८ करोड ७ लाख रुपैयाँ, एनआईसी एसियाको ७ करोड ९ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको ७ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ३ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो।

यो दिन गुडविल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो फाइनान्सको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - १७:४९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology