Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा पहिरो, सबै समुह राताप्मै, यी हुन् धेरै मूल्य घट्ने कम्पनीहरु

नेप्सेमा पहिरो, सबै समुह राताप्मै, यी हुन् धेरै मूल्य घट्ने कम्पनीहरु

दैनिकी न्यूज

१२, आश्विन २०७८
नेप्सेमा पहिरो, सबै समुह राताप्मै, यी हुन् धेरै मूल्य घट्ने कम्पनीहरु
images

काठमाडौं । मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । सोमबार नेप्से ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा थामिएको थियो ।

यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । बैंकिङ ३६, विकास बैंक १५४, फाइनान्स १७५, होटल तथा पर्यटन  २४, जलविद्युत १३८, लगानी ३, जीवन बीमा ४३१, उत्पादन ८९, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा ३२५, अन्य ३१ र ब्यापार समूह ७९ अंकले घटेका छन्। 

आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टीलरी १७ करोड र नेशनल हाइड्रो १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन पावर र नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

यसैगरी, गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्टका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् । यस्तै, शिवश्री हाइड्रो र समृद्धि फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, कुमारी बैंक, आइसीएफसी फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज कारोबारमा आएका मध्ये १७३ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य मात्र बढेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे यता घट्न थालेको बजार अझै रोकिएको छैन । राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोड बढी कर्जा लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता प्रभावित हुँदा समग्र बजारनै ओरालो लागेको हो । साथै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भई बैंकको ब्याजदर बबढ्नाले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ । 

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - १५:३०:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology