Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घट्यो

मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घट्यो

दैनिकी न्यूज

१२, आश्विन २०७८
मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घट्यो
images

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन (मंगलबार) सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - १३:३३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology