Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन

आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन

दैनिकी न्यूज

११, आश्विन २०७८
आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन
images

काठमाडौं । आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा कुल ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कुल कित्तामध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो शेयर छिटोमा असोज १४ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट सी आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको कुल लागत १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । 

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - ०७:३३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology