Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजारमा उछाल, यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

शेयर बजारमा उछाल, यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

दैनिकी न्यूज

६, आश्विन २०७८
शेयर बजारमा उछाल, यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी
images

रामप्रसाद ढकाल/काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०४ दशमलव ८८ अंक बढेर २ हजार ८ सय १६ दशमलव ९५ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १९.४७ अंकले बढेर ५ सय २८ दशमलव १० अंकमा पुगेर बन्द भएको छ । आज नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुुँदा ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ७२ हजार ७१४ वटा कारोबार भएको छ ।

बुधबार सबै उपसमूहमा हरियाली छाएको छ । आज बैकिङ समूह ६०.९२ प्रतिशत, व्यापार समूह १३२.६७ अंक, होटल तथा पर्यटन समूह १३६.९ अंक, विकास बैंक समूह ३८१.४२ अंक, जलविद्युत समूह १६९.४४ अंक, वित्त समूह २०७.९३ अंक, निर्जिवन विमा समूह ४४१.८७ अंक, उत्पादन समूह १८२.३१ अंक, अन्य समूह ४१.७३ अंक, लघुवित्त समूह १७०.७३ अंक, जीवन विमा समूह ५५१.७५ अंक, सामुहिक लगानी कोष ०.२२ अंक र लगानी समूह ४.१४ अंकले वृद्धि भएको छ ।

कारोबारका आधारमा अरुणभ्याली हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रो पावर कम्पनीको १८ करोड ४८ लाख ५२ हजार ११६ रुपैयाँ, आरएमडिसी लघुवित्त वित्तीय संस्थाको १६ करोड ९९ लाख ३५ हजार ९७९ रुपैयाँ, हिमालयन डिष्ट्रिलरीको १५ करोड ४८ लाख ८९ हजार ६४९ रुपैयाँ, अपि पावर कम्पनीको १३ करोड ५१ लाख ७३ हजार ७३३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, बेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी रहेका छन् । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पञ्चमन्यामाई हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर, गुडवील फाइनान्स, जोशी हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ ।

सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् । उनीहरुले अब लाभांश घोषणा गरेपछि साधारण सभा बोलाउनेछन् । सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा लाभांश पठाउने कार्य सुरु हुनेछ । यसले गर्दा लगानीकर्ताहरुको मनोबल उच्च भएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १५:२४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology