Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार ३०० ले बढ्यो सुनको भाउ

मंगलबार ३०० ले बढ्यो सुनको भाउ

दैनिकी न्यूज

५, आश्विन २०७८
मंगलबार ३०० ले बढ्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको भाउ प्रतितोला ८९ हजार २ सय रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ८८ हजार ७५० मा कारोबार भैरहेको छ ।

6-5.PNG 

सोमबार छापावाल सुन प्रति तोला ८८ हजार ९०० रुपैयाँ र तेजाबी सोमबार ८८ हजार ४५० मा कारोवार भएको थियो । 

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५रुपैयाँले बढेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार १४० रुपैयाँ कायम गरिएको छ । चाँदीको भाउ सोमबार प्रतितोला १ हजार १३५ रुपैयाँ थियो ।

 

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ११:१७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology