Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

दैनिकी न्यूज

५, आश्विन २०७८
बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो
images

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भने यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल भने देखाइरहेको छ ।

सोमबार प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले सेयर बजारको दोस्रो बजारमा ७ सय जना सेयर कर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १ सय जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूला लगानीकर्ता सस्तोमा सेयर किनिरहेका थिए ।

सोमबार २ हजार ८१७ दशमलव ९८ विन्दुबाट सुरु भएको बजार ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतले घटेको थियो । सोमबार कुल २२५ ओटा कम्पनीको १ लाख ७ हजार ५ सय ५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०७:०६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology