काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयामा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको भाउ प्रतितोला ८८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५० मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५रुपैयाँले घटेको छ ।
चाँदीको भाउ आज प्रतितोला १ हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको भाउ आइतबार प्रतितोला १ हजार १५० रुपैयाँ थियो ।