Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

दैनिकी न्यूज

३, आश्विन २०७८
गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा
images

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो ।

एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाका अनुसार व्रिटिस जहाज ३० सिट क्षमताको ५ वटा जेटस्ट्रिम हालैमात्र खरिद गरिएको र उडान अनुमतीको प्रकृया अन्तिम चरणमा रहेको छ । अनमती प्राप्त हुनासाथ भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, तुम्लिङटार र नेपालगञ्जमा उडान सुरु गरिने जनाइएको छ ।

हाल गुण एयरलाइन्सका ७ वटा जहाज रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्देश्यकासाथ यात्रु ओसार पसारका लागि दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको गुण एयरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

गुण एयरलाइन्सले असोज १ बाट नियमित उडान थाल्ने

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - २१:१५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology