Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गुण एयरलाइन्सले असोज १ बाट नियमित उडान थाल्ने

गुण एयरलाइन्सले असोज १ बाट नियमित उडान थाल्ने

दैनिकी न्यूज

३०, भाद्र २०७८
गुण एयरलाइन्सले असोज १ बाट नियमित उडान थाल्ने
images

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्सले आफ्नो नियमित आन्तरिक उडान असोज १ गतेदेखि गर्ने भएको छ ।
गुणसँग अहिले ७ वटा जहाज भएको छ । जसमा २ वटा सिम्रिकमा नाममा रहेको विचक्राफ्ट जहाज र यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम जहाज रहेको छ ।
असोज १ गतेदेखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत खुलिसकेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुख प्रज्वल थापाले जानकारी दिए ।
उनका अनुसार सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुरमा जहाज उड्नेछ । त्यसको केही दिनपछि सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ ।
बडादशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिने तयारीमा रहेको थापाले बताए । स्रिमिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्स बनाएको हो ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - ०८:५०:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology