काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार सुन प्रति तोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज पनि छापावाल सुन सोही भाउमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा आईपुगेको छ । शुक्रबार एक हजार १७० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।