Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

३०, भाद्र २०७८
बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला भाउ ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) छापावाल सुनको भाउ ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - ११:५०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology