Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

दैनिकी न्यूज

२८, भाद्र २०७८
सामान्य अंकले बढ्यो नेप्से
images

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक२.२७ अंकले शेयर बढेर २९ सय ४७ दशमलव ७० को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्गको ०.८६ प्रतिशत, व्यापारको ०.८७ प्रतिशत र जीवन बीमाको ०.५२ प्रतिशत बढेको छ। जलविद्युत उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.५४ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको यस दिन ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज दुई बीमा कम्पनी र एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। अजोड इन्स्योरेन्सको शेयर, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफको शेयर सकारात्मक सर्किट लागेको छ।

कालिका हाईड्रोपावर, रैराङ र ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - १७:२२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology