Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ७ अर्ब ५ करोड

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ७ अर्ब ५ करोड

दैनिकी न्यूज

२४, भाद्र २०७८
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ७ अर्ब ५ करोड
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ०.६२ अंकले घटेर बजार २८ सय ७५.९७ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज कारोबारमा आएका २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँ बराबरको भएको छ । 

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ४ समूहमा हरियाली छाएको छ । प्रतिशत र रकमका आधारमा आज सर्वाधिक हाइड्रोपावर समूहमा १.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा रिडि हाइड्रोपावर रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको हो । साथै हिमालयन हाइड्रो पार्टनरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको सर्किट लेभलमा कारोबार भएको हो ।

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - १५:१९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology