Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्वरोजगार लघुवित्तले प्रस्ताव गर्यो लाभांश

स्वरोजगार लघुवित्तले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२३, भाद्र २०७८
स्वरोजगार लघुवित्तले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ।

संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । २५ प्रतिशतका दरले १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - ११:०९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology