काठमाडौं । युनिलिभर नेपालले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।