काडमाडौं । आज नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा अरुण काबेली पावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको १७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६८१ रुपैयाँ कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत आइतबार कम्पनीको शेयर प्रतिकित्ता ७९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।