काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा भोलि अर्थात् मंगलबारसम्म आवेदन दिन पाइने भएको छ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज भएपनि सार्वजनिक विदा परेका कारण मंगलवार बैंकिङ समयपश्चात विक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दहरुका लागि ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आईपीओमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।
यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।