काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७ दशमलव ६० अंकले बढेर ३ हजार ९४ दशमलव ०५ अंकमा झरेको छ । कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।
शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज नेप्सेमा हाइड्रोपावर उपसूचक सर्वाधिक ४.८३ प्रतिशत र विकास बैंक उपसूचक ४.२२ प्रतिशत तथा वित्त कम्पनी उपसूचक ३.८२ प्रतिशतले बढेको छ । यस्तै, लघुवित्त उपसूचक ०.८४ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक पनि ०.३३ प्रतिशतले बढेको छ । यता, जीवन बिमा उपसूचक ०.८७ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.३७ प्रतिशतले गिरावट भएको छ ।
आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज म्युचुअल फन्डका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् ।
अरुण भ्याली हाईड्रपावरको आज सर्वाधक कारोबार भएको छ । कम्पनीको आज ९३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अरुण काबेली, रिदि हाईड्रोपावर, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंैक, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाईड्रोपावर, अपी पावर र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ। धितो