Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा भारी गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो

नेप्सेमा भारी गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो

दैनिकी न्यूज

९, भाद्र २०७८
नेप्सेमा भारी गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । नेप्सेका अनुसार आज बुधबार नेप्से ४८.४२ अंकले घटेर तीन हजार ७६ दशमलब ४५ विन्दुमा रोकिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएको छ । मंगलबार १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा जीवन विकास लघुवित्त वित्तिय संस्था र आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ४२९.६० रुपैयाँले बढेर प्रतिकित्ता ४७२६.३० पुगेको छ भने आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्य १०६.९० रुपैयाँले बढेर प्रतिकित्ता ११७६.८० रुपैयाँ पुगेको छ । त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५७.३० रुपैयाँमा झरेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४८ करोड भन्दा बढीको कारोबार भएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - १७:१९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology