Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कस्तो रहला दिनभरको मौसम ? यस्तो छ अहिलेसम्मको अवस्था

कस्तो रहला दिनभरको मौसम ? यस्तो छ अहिलेसम्मको अवस्था

दैनिकी न्यूज

९, भाद्र २०७८
कस्तो रहला दिनभरको मौसम ? यस्तो छ अहिलेसम्मको अवस्था
images

ललितपुर । आज देशका केही स्थानमा वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको सामान्य प्रभावका कारण बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०९:४०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology