Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि जीवन विकास लघुवित्तको सेयरमा सर्किट लाग्यो, प्रतिकित्ता कति पुग्यो ?

आज पनि जीवन विकास लघुवित्तको सेयरमा सर्किट लाग्यो, प्रतिकित्ता कति पुग्यो ?

दैनिकी न्यूज

८, भाद्र २०७८
आज पनि जीवन विकास लघुवित्तको सेयरमा सर्किट लाग्यो, प्रतिकित्ता कति पुग्यो ?
images

काठमाडौं । आज पनि जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको केही समय नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

यससँगै कम्पनीको सेयर प्रतिकित्ता ४२९६.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनमा प्रतिकित्ता ३९० रुपैयाँले बढी हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा पनि कम्पनीको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३९०६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

दोस्रो बजारमा कोरोबार शुरु भएदेखि नै कम्पनीको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । पहिलो दिन प्रतिकित्ता ९१४ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको भाउ बढेर प्रतिकित्ता ४२९६ रुपैयाँसम्म पुगिसकेको छ ।

लघुवित्त कम्पनीले गत असार ११ गतेदेखि असार १५ गतेसम्म १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । 

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - ११:५५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology