काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ९० हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९० हजार ५०० रुपैयाँ रहेको छ ।

सोमबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय र तेजावी सुनको भाउ ९० हजार १ सय रहेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो (सोमबार) चाँदीको भाउ १२ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलामा १२ सय १० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।