काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार १ सय रहेको छ ।
आइतबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७ सय र तेजावी सुनको भाउ ९० हजार २ सय रहेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ १२ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।