काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार २ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ ११ सय ८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२ सय ५ कायम गरिएको महासंघले जनाएको छ ।