Logo

सोमवार, श्रावण २५ गते २०८३

images

छुट्नुहोला, आज मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

छुट्नुहोला, आज मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

दैनिकी न्यूज

३१, श्रावण २०७८
छुट्नुहोला, आज मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन
images

काठमाडौं । साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । मागभन्दा ६५.२० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि आवेदन दिन सकिने छ । 

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - ०७:५१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology