काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ०।६६ अंकले बढेर ३१०८।१२ विन्दुमा पुगेको हो ।
गत बिहीबार नेप्से परिसूचक अधिकतम १६ अंकले घटेर ३१०७.४५ विन्दुमा अडिएको थियो । नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।
बैंकिङ, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड सकारात्मक देखिएको यस दिन कारोबार रकम भने अधिकतम १४ अर्ब माथिको भएको छ ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता माथिको सेयर १ लाख २६ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाखको कारोबार भएको छ ।
गत हप्ताको बिहीबार १६ अंकले घटेको बजारमा १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको थियो ।