Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ एकैदिन १५०० रुपैयाँ घट्यो, चाँदीमा पनि गिरावट

सुनको भाउ एकैदिन १५०० रुपैयाँ घट्यो, चाँदीमा पनि गिरावट

दैनिकी न्यूज

२४, श्रावण २०७८
सुनको भाउ एकैदिन १५०० रुपैयाँ घट्यो, चाँदीमा पनि गिरावट
images

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामै १ हजार ५०० रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९० हजार रुपैयाँ र तेजाबी सुन ८९ हजार ५०० रुपैयाँमा झरेको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँमा झरेको थियो।

आज चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँ घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १२:१२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology