Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साउन ३२ गतेदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

साउन ३२ गतेदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

२४, श्रावण २०७८
साउन ३२ गतेदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । साउन ३२ गतेदेखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बुद्धभूमि नेपालले आईपीओ निष्कासन गर्न साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - ०७:१७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology