काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज (बुधबार) तोलामा ३०० रुपैयाँले घटेको हो । मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ १२ सय ७५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।