काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, मंगलबार चाँदीको भाउ स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनको भाउ अर्थात प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।