Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मानुषी लघुवित्तको आईपीओ निष्काशन साउन २७ गतेदेखि

मानुषी लघुवित्तको आईपीओ निष्काशन साउन २७ गतेदेखि

दैनिकी न्यूज

१२, श्रावण २०७८
मानुषी लघुवित्तको आईपीओ निष्काशन साउन २७ गतेदेखि
images

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। 

सो आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - ०७:०४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology