Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तयार रहनुहोस्, सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन साउन २० गतेदेखि

तयार रहनुहोस्, सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन साउन २० गतेदेखि

दैनिकी न्यूज

१२, श्रावण २०७८
तयार रहनुहोस्, सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन साउन २० गतेदेखि
images

काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - ०६:५३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology