काठमाडौं । सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ। यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, सोमबार चाँदीको भाउ स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनकाृे भाउ अर्थात प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।