Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको गोदावरी बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

ललितपुरको गोदावरी बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

दैनिकी न्यूज

८, श्रावण २०७८
ललितपुरको गोदावरी बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् । ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दिक्षान्त गरेको छ । नगर स्काउटले बिहिवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दिक्षित गरेको हो ।

दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीले ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यन्वयनका लागि जोडदिनु पर्ने बताए । उनले विगतदेखि नै स्काउटले विपद् ब्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवा भावनाको विकास मात्र नगरी यो अभियानमा जोडिनेहरुको बौद्धिक, नैतिक र सामाजिक विकास हुने जिकिर गरे । मुलुक संघीय सरचनामा गएसँगै स्काउटको अधिकार स्थानीय तहमा पुगेको बताउदै उनले आगामी दिनमा स्काउटको विकास र बिस्तारका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताए । गोदावरी नगरपालिकाले नीतिगत रुपमा नै स्काउटका लागि बजेट विनियोजन गरेर देशभरका सबै स्थानीय तहलाई सकारात्मक संदेश दिएकोे उनले जिकिर गरे ।

कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै वरिष्ठ संचारकर्मी एबम रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे । अनुशासनमा कसरी बस्ने अनुशासन के हो त्यो स्काउट बाट सबैले सिक्नुपर्ने बताउदै उनले आगामी दिनमा संचार जगत र स्काउटले सहकार्य गर्दै स्काउटका गतिविधिहरु जनताको माझ पुराउन आफु लगायतका संचारकर्मीहरु तयार रहेको बताए ।

त्यसैगरी नेपाल पत्रकार महासघंका महासचिव रोसन पुरीले विपद्मा स्काउटले खेलेको भुमिकाको प्रशसा गदै स्काउटका गतिविधि जनताको माझ पुराउन आगामी दिनमा स्काउट र पत्रकारका महासघं विच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको सभापति समेत रहेका संरक्षक एवम नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए । उनले भावी दिनमा नगर भित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको खुलासा गरे । महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताए ।

कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि आवश्यक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिईन । साथै आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख एंव नगर स्काउटका सदस्य सचिव देविप्रसाद पौडेलले स्काउटको अधिकार स्थानिय तहमा आएसगै नगरभित्रका सम्पुर्ण सामुदाियक तथा निजि विद्यालयहरुमा स्काउट पुराउने पहिलो प्राथमितामा आफु लाग्ने उनको जिकिर थियो ।

अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारीले गोदावरी नगरपालिकाले स्काउटलाई प्राथमिकतामा राखेर अघि बढेकोमा शुभकामना ब्यक्तm गदै आगामी दिनमा स्काउट विकासमा देशकै नमुना नगरपालिकाका रुपँमा स्थापित हुने गरि अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष, गोदावरी शिक्षक महासंघ, प्याब्सन, विभिन्न नगरपालिकाका स्काउट संयोजक, रोभर रेन्जर लगायतको उपस्थिति रहेको थियो ।

राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनसंगै स्वयंसेवा र विपद व्यवस्थापनको क्षेत्रमा परोपकारको काम गर्दै आएको नेपाल स्काउटको योगदान र अधिकार पनि स्थानीय तहसम्मै विस्तार भएको हो । स्काउटको विकासका लागि गोदावरीले यो आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - १४:२०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology