Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ सामान्य बढ्यो

सुनचाँदीको भाउ सामान्य बढ्यो

दैनिकी न्यूज

८, श्रावण २०७८
सुनचाँदीको भाउ सामान्य बढ्यो
images

काठमाडौं । शुक्रबार सुनचाँदी दुबैको भाउ सामान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - १४:०३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology