Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

दैनिकी न्यूज

५, श्रावण २०७८
मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ४०० रुपैयाँले उकालो लागेको हो। योसँग प्रतितोला छापावाल सुन ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - ११:५६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology