काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १३.९७ अंकले बढेर २ हजार ९ सय ९४ दशमलब ५८ विन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ०२ अंकले घटेर ५ सय ६० दशमलव ९४ को बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन २१९ कम्पनीको ३ करोठ ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर खरिदबिक्री भई ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १ लाख ७ हजार ७९७ वटा कारोबार भएको छ ।
आज कूल १३ उपसमूहमा ८ वटा समूहको सेयर बढेको छ बाँकि ५ वटा समूहको सेयर घटेको छ । आज व्यापार समूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको हो ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३५ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक, नेपाल बङ्गलादेश बैंक र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सिनर्जी पावरको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४०, हिमालउन ऊर्जा विकास कम्पनीको सेयर ५.९८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२ का लगानीकर्ताले ५.८७ प्रतिशतले गुुमाए । उता सनराइज बैंकको डिवेञ्चर २०८३ का लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाउ भने गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलको सेयर मूल्यमा ३.०२ प्रतिशतले घटेको छ ।