काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै आइतबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।