Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

दैनिकी न्यूज

३०, आषाढ २०७८
बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
images

काठमाडौं । बुधबार सुन भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - १२:५५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology