Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दोहोरो अंकले बढ्यो नेप्से, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

२९, आषाढ २०७८
दोहोरो अंकले बढ्यो नेप्से, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्स) सूचिक अंकले बढेको छ ।

आज बजार १६.३४ अंकले बढेर नेप्से परिसूचक २८७१.०३ को विन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७४ अंकले बढेर ५३९.५२ को विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको किनबेच भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ को परिसूचक घटेको छ। यो दिन वित्त समूह सर्वाधिक ४.०३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.५४ प्रतिशत, बैंकिङ समूह ०.७३ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.५४ प्रतिशत, जलविद्युत समूह ०.५० प्रतिशत, लगानी समूह ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०८ प्रतिशत, लघुवित्त समूह ०.६४ प्रतिशत, म्युचुअल फन्ड समूह ०.०४ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत, अन्य समूह ०.४१ प्रतिशत, व्यापार समूह ०.२३ प्रतिशतको बढेको छ । यो दिन जीवन बीमा समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ।

यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक ४५ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख, एनआईसी एसिया बैंकको १९ करोड ९५ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ३० लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँ, निफ्राको १२ करोड ५१ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १२ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ८७ लाख रुपैयाँ र ज्योति विकास बैंकको १० करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज वित्त कम्पनीहरुका सेयरधनीहरुले धेरै कमाएका छन्। यो दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आईसीएफसी फाइनान्सका सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन सीईडीबी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट भएको छ। 

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १६:०६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology