Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बोर्डले मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न दियो अनुमति

बोर्डले मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न दियो अनुमति

दैनिकी न्यूज

२४, आषाढ २०७८
बोर्डले मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न दियो अनुमति
images

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको हो । धितोपत्र बोर्डको अनुमतिसँगै अब मैलुङ खोला जलविद्युतले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ। विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले विसं २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

आयोजना प्रभावित स्थानियलाई यस अघिनै शेयर जारी गरिसकेको कम्पनीले कमजोर रेटिङ्ग पाएपनि आईपीओ निष्कासनको अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले विसं २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । 

images
प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - १२:५४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology