Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२१, आषाढ २०७८
नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंकले घटेको छ । सोमबार बजार ११.७८ अंकले घटेर नेप्से परिसूचक २८ सय २२.७४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घट्दै ५२८.४२ को विन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६३ हजार ६३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८।६१ रुपैयाँमा किनबेच भएको छ।

कारोबार रकम पनि साढे ४ अर्ब रुपैयाँ बढीमा सीमित बनेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये आठ वटामा मात्रै हरियाली छाएको छ भने आठ वटामा रातो पोतिएको छ। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.६१ प्रतिशतले बढेको सोमबार लगानी समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र अन्य समूहमा ०.४० प्रतिशतले बढेको छ। यो दिन वित्त समूह सर्वाधिक २.५१ प्रतिशतले ओरालो लागेको छ।

विकास बैंक समूह २.३७ प्रतिशतले घटेको आज बैंकिङ समूह ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूह १.५८ प्रतिशत, जलविद्युत समूह १.८९ प्रतिशत, जीवन बीमा समूहमा ०.८० प्रतिशत, लघुवित्त समूह ०.६६ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घटेको छ ।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ४१ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको १५ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै निफ्राको १३ करोड ३२ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ८९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९२ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ६५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सोमबार विशाल बजार कम्पनीको सेयरधनीहरु मालामाल बनेका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।

यो दिन हिमालयन डिस्टिलरीको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन गोर्खाज फाइनान्सका सेयर धनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले ओरालो लागेको छ। 

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - १६:२५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology