काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब २० अंकले उकालो लागेको छ। १९ दशमलव १२ अंकले बढेर आज नेप्से २८४३ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.३३ अंक बढेर ५२८.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४.१४ रुपैयाँमा किनबेच भएका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेसँगै नेप्से पनि बढ्न पुगेको हो। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.४८ प्रतिशतले बढेको छ । विकास बैंक समूह ३.६४ प्रतिशत, बैंकिङ समूहमा ०.१६ प्रतिशत, वित्त समूह ३.०४ प्रतिशत, जलविद्युत समूह ०.७५ प्रतिशत, लगानी समूह ०.६० प्रतिशत, जीवन बीमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूह ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूह ०.९६ प्रतिशत, अन्य समूह १.७४ प्रतिशत र व्यापार समूह ०.५३ प्रतिशतmे बढेको छ । आज निर्जीवन बीमा समूह भने ०.०६ प्रतिशतले गिरावट आएको छ ।
यो दिन नेको इन्सुरेन्सको सर्वाधिक ३० करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ज्योति विकास बैंकको १८ करोड ७० लाख, मेगा बैंकको १८ करोड २४ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको १६ करोड ६० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ४० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १२ करोड २९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ११ करोड ७५ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७२ लाख रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकको ११ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ओरियन्टल होटेलका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतmे बढेको छ । त्यसैगरी, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
यो दिन राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, सूर्योदय लघुवित्त र नेसनल हाइड्रोपावरको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।