Logo

सोमवार, श्रावण २५ गते २०८३

images

छोटो अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत

छोटो अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत

दैनिकी न्यूज

१७, आषाढ २०७८
छोटो अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत
images

काठमाडौं । अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली शुरु भए यताको दुई हप्तामै ३७ प्रतिशत वर्षा भएको हो । विभागले देशका विभिन्न दुई सय भन्दा बढी स्टेशनबाट वर्षाको मापन गर्दै आएको छ ।

मुख्य २० वटा स्टेशनको ३० वर्ष यतादेखि अवधिको औसत् वर्षाको तथ्याङ्क अनुसार यस वर्ष छोटो अवधिमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभाग जलवायु विश्लेषण शाखाकि मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

विभागले ३० वर्षको तथ्याङकलाई औसत् वर्षाको रुपमा मान्दै आएको छ । प्रमुख कँडेलका अनुसार ३० वर्षको औसत् वर्षा १७४६।५ मिलिमिटर थियो भने जेठ १८ गतेदेखि असार १५ गतेसम्म ६३६.५ मिलिमिटर वर्षा भइसकेको छ।

उहाँका अनुसार पूर्वबाट मनसुनी प्रणाली नेपाल भित्रिने गरे पनि यसवर्ष भने मध्यनेपाल र पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ । मनसुनी समय चार महिनामा ७६२।९ औसत वर्षा हुने दीपायल, सुर्खेत, डडेलधुरामा ४० प्रतिशत वर्ष भइसकेको छ । यस क्षेत्रमा जेठ १८ गतेदेखि असार १४ गते सम्म २९८।८ मिलिमिटर अर्थात ३८।९ प्रतिशत वर्षा भएको शाखाको तथ्याङ्क छ ।

यता दाङ र जुम्ला समेत ३५ प्रतिशत अर्थात ५५० मिलिमिटर वर्षा भई सकेको छ । काठमाडौं उपत्यकामा १८ प्रतिशत वर्षा काठमाडौं उपत्यकामा १८ प्रतिशत वर्षा भएको छ । गत वर्षहरुको तुलनामा यसवर्ष उपत्यकामा औसतमा भन्दा बढी वर्षा भएको हो । काठमाडौंमा ११७६ मिलिमिटर औसत वर्षा हुने छ तर १७।२० प्रतिशत २०२।५ मिलिमिटर वर्षा भई सकेको जलवायु विष्लेषण शाखाको तथ्याङ्क छ ।

पूर्व नेपालको विराटनगर ताप्लेजुङमा भने सरदर भन्दा कम वर्षा भएको शाखाले जनाएको छ । नेपालमा जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार अझैँ पनि एक सातासम्म निरन्तर मध्यमदेखि भारी वर्षा हुने बताउनुभयो । नेपालमा जेठ १५ देखि साउन १५ गते सम्मको समयलाई मनसुन अवधि मान्ने गरिन्छ । गोरखापत्र दैनिकबाट

 

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - ०७:१५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology